राजनीति

माओवादीको भर छैन, कांग्रेस एक्लै चुनावमा जान्छः डा. कोइराला (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत ८ गते १६:०६
माओवादीको भर छैन, कांग्रेस एक्लै चुनावमा जान्छः डा. कोइराला (भिडियो रिपोर्टसहित)

८ चैत २०७८ काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा माओवादी केन्द्रको भर नभएका कारण आफ्नो पार्टी एक्लै चुनावी मैदानमा जानुपर्ने बताउनु भएको छ ।

विराटनगरस्थित आफ्नै निवासमा पत्रकाहरुसँग नेता कोइरालाले आम कार्यकर्ता गठबन्धनको विपक्षमा रहेको र नेतृत्व तहले कार्यकर्ताको जनमत बुझ्नुपर्ने बताउनुभयो ।

अरु दलका नेताहरुलाई चुनाव जिताउनका लागि नै कांग्रेसले गठबन्धन गर्न आवश्य नरहेको उहाँको टिप्पणी गर्नुभयो ।

२०७४ सालको निर्वाचन सम्पन्न भए लगत्तै माओवादीले धोका दिएको स्मरण गर्दै नेता कोइरालाले गहन छलफलबिना गठबन्धनमा जाने विषय जायज नभएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्