राजनीतिको विकृति एनआरएनएमा पनि देखिन थाल्योः अर्थमन्त्री शर्मा (भिडियो रिपोर्टसहित)
८ चैत २०७८ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको राजनीतिमा आएको विकृतिको असर एनआरएनएमा पनि देखिन थालेको बताउनुभएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं विश्व सम्मेलन उद्घाटन समारोहमा अर्थमन्त्री शर्माले एनआरएनएमा देखिएको विवाद समाधानका लागि सबै एकजुट लाग्न एनआरएनएलाई आग्रह गर्नुभयो ।
विधान मिचेर काम नगर्न गैरआवासीय नेपालीलाई आग्रह गर्दै अर्थमन्त्री शर्माले नेपालले आशा राखेको संस्था विवादमा मुछिनु दुखद् भएको बताउनुभयो ।
अर्थमन्त्री शर्माले देशमा संकट पर्दा एनआरएनएले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसासमेत गर्नुभयो । संस्थाका संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेले सबै एनआरएनलाई एउटै मञ्चमा ल्याउन पहल भइरहेको जानकारी दिनुभयो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) विश्व सम्मेलन मूल आयोजक समितिका संयोजक सोनु लामाले विधान र विधिविपरीत कुनै काम हुन नदिने प्रतिवद्वता जनाउनुभयो ।
विवादका कारण एनआरएनको महाधिवेशन पटक पटक सर्दै आएको छ ।
प्रतिक्रिया