Main News

समयमै उपचार गरे यसरी निको हुन्छ क्यान्सर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २८ गते १५:१६
समयमै उपचार गरे यसरी निको हुन्छ क्यान्सर (भिडियो रिपोर्टसहित)

२८ फागुन २०७८ काठमाडौं । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा बर्सेनि एक लाखमा २१ दशमलव ८ प्रतिशत महिलामा स्तन क्यान्सर देखिने गर्छ । तीमध्ये १० जनाको मृत्यु हुने गरेको तथ्याङ्क छ । समयमै थाहा पाएर उपचार गर्न सके स्तन क्यान्सरबाट हुने मृत्युदर घटाउन सकिन्छ ।

गुल्मीकी रीता गिरी यतिबेला भक्तपुर क्यान्सर अस्पताल धाइरहनु भएको छ । केही वर्ष अगाडि स्तनमा स–साना गिर्खा देखिएका थिए । जाँच गराउँदा क्यान्सर भएको पत्ता लाग्यो । समयमै अस्पताल पुगेकी रीताको अहिले उपचार भैरहेको छ ।

रामेछापकी टीकाकुमारीको समस्या पनि उस्तै थियो । तर उहाँले वास्तै गर्नुभएन । केही वर्षपछि धेरै नै असजिलो हुन थालेपछि उहाँ अस्पताल पुग्नुभयो । जचाउँदा क्यान्सर भएको पाइयो । अहिले उहाँको अपरेशन भैसकेको छ । समयमै जचाएर उपचार गर्न पाएको भए स्तन नै काटेर फाल्नुपर्ने अवस्था आउने थिएन, कि भन्ने उहाँलाई लाग्छ ।

नेपालमा बर्सेनि १५ हजार महिलामा स्तन क्यान्सरको समस्या देखिने गरेको छ । स्तन क्यान्सर प्रारम्भिक अवस्थामै पत्ता लगाउनु सबैभन्दा महत्वपूर्ण कुरा हो। पहिलो चरणमा पत्ता लागेका बिरामी सय प्रतिशत नै निको हुन्छन् भने दोस्रो चरणमा पुगेका ८० प्रतिशत निको हुन्छन्, तेस्रो चरणमा पुगेका ६० प्रतिशत निको हुन्छन्। तर चौथो चरण अर्थात् स्टेज फोरमा पुगेका बिरामी १० देखि १५ प्रतिशतसम्म मात्र निको हुने चिकित्सक बताउँछन्।
स्तन क्यान्सरका लक्षणहरु के के हुन् त ?

महिलामा मात्रै होइन पुरुषहरुमा पनि स्तन क्यान्सरको समस्या देखिन सक्छ । तर महिलाको तुलनामा पुरुषमा स्तन क्यान्सर देखिने सम्भावना निक्कै कम हुन्छ । दैनिक व्यायममा कमि हुँदा, मोटोपन लगायतका कारणले स्तन क्यान्सर हुने अंंकोलोजिष्टको भनाइ छ ।

बढी उमेरमा बच्चा जन्माउने महिला र गर्भ निरोधक चक्की बढी प्रयोग गर्ने महिलालाई स्तन क्यान्सरको सम्भावना बढी हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *