Main News

निर्वाचनसम्म मिलेर जाने सत्ता गठबन्धनमा सहमति (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २५ गते १६:५८
निर्वाचनसम्म मिलेर जाने सत्ता गठबन्धनमा सहमति (भिडियो रिपोर्टसहित)

२५ फागुन २०७८ काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनका दलबीच आगामी निर्वाचनसम्म मिलेर जाने सहमति भएको दाबी गर्नुभएको छ ।

काठमाडौंमा पार्टीको तेस्रो केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष नेपालले स्थानीय तहको आगामी निर्वाचनसम्म कायम रहने बताउनुभयो । उहाँले गठबन्धन तोड्न भएका सबै षडयन्त्र असफल पारेको दाबी गर्नुभयो ।

अध्यक्ष नेपालले दुई पटक आफ्नो पार्टीले एमालेसँग चुनावी प्रतिस्पर्धा गरेर जित हासिल गरेको उल्लेख गर्दै अब पनि त्यसै गरेर अघि बढ्ने योजना रहेको पनि दोहोर्‍याउनु भयो ।

एक्लै जित्ने अवस्था नभए पनि राष्ट्रियसभा निर्वाचनमा पनि सत्तारुढ गठबन्धनसँग मिलेर केपी ओलीलाई आफ्नो पार्टीले पराजित गरेको उहाँले स्मरण गराउनु भयो ।

चुनावी तयारीका लागि जारी बैठक महत्त्वपूर्ण रहेको भन्दै उहाँले यसैमा पार्टीको सिंगो शक्ति परिचालन गरिने बताउनुभयो । सत्ता गठबन्धनमा अहिले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी आवद्ध छन् ।

आजबाट शुरु भएको केन्द्रीय कमिटी बैठकमा स्थानीय तह निर्वाचनलाई नै लक्षित गरेर अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । बैठकमा आगामी कार्ययोजना, संगठन विस्तार र पुनर्गठनबारे छलफल केन्द्रित छ ।

यस्तै एमसीसी संसदबाट पारित गरिएको सन्दर्भमा त्यसबाट उत्पन्न हुने परिस्थिति र समाधानका उपायलाई छलफलका एजेण्डा बनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *