Main News

माओवादी केन्द्रीय समिति बैठक आज बस्दै

हिमालय टिभी
२०७८ फागुन २३ गते ७:३४
माओवादी केन्द्रीय समिति बैठक आज बस्दै

२३ फागुन २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै छ।

हिजो स्थगित गरिएको बैठक आज बिहान ११ बजे बस्न लागेको हो। शुक्रबारदेखि शुरु बैठकमा प्रनिनिधिसभाबाट एमसीसी सम्झौता पारित गर्ने पार्टीको निर्णय अनुमोदनका लागि पेश भएको थियो ।

यसअघिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन जोगाउँदै निर्वाचनमा जाने र माओवादी केन्द्र दोस्रो पार्टी बन्ने रिपोर्टिङ आफूले पाएको जानकारी गराउनु भएको थियो ।

आजको बैठकमा स्थायी समिति, पोलिट्व्यूरो र केन्द्रीय समितिलाई पूर्णता दिने विषयमा छलफल हुनेछ । माओवादीको पुस १८ गते सम्पन्न आठौं महाधिवेशनले २४७ केन्द्रीय सदस्य चयन गरेको थियो ।

लगत्तै १९ गतेको केन्द्रीय समितिले प्रचण्डलाई अध्यक्ष चयन गरेको थियो । पार्टीको २९९ केन्द्रीय सदस्यमा २४७ मात्र चयन भएका छन् ।

पदाधिकारीमा एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष चयन गर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *