Main News
ललितपुरको दरबार परिसर, जावलाखेल र पुल्चोक धुम्रमान निषेधिन क्षेत्र (भिडियो रिपोर्टसहित)
२०७८ फागुन २० गते १७:३८
२० फागुन २०७८ ललितपुर । ललितपुरको पाटन दरबार परिसर, जावलाखेल र पुल्चोक क्षेत्रलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरिएको छ ।
ललितपुर महानगरपालिकाले पाटन दरबार स्क्वायरमा आज कार्यक्रम गरी यी तीन क्षेत्रलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको हो ।
कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले दुई वर्षअघि नै यसको योजना रहेपनि कोरोना संक्रमणका कारण सफल हुन नसकेको बताउनु भयो । यी क्षेत्रमा आजदेखि एक सातासम्म धुम्रपान नगर्न आग्रह गर्ने र त्यसपछि जरिवाना गराउने बताउनुभयो ।
मेयर महर्जनले सरकारले विभिन्न कानून तर्जुमा गरे पनि कार्यान्वयन नगरेको दावी गर्दै महानगरपालिकाले भने लापरबाही नगरी कार्यक्रम सफल बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया