Main News
आज पहाडी भूभागको केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने
२०७८ फागुन २० गते ९:१६
२० फागुन २०७८ काठमाडौं । आज पहाडी भूभागको केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी तथा प्रदेश १ का पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भूभागमा मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ।
प्रतिक्रिया