Main News
अब वादी, दलित र पिछडा वर्गको छुट्टाछुट्टै उत्थान विकास समिति (भिडियो रिपोर्टसहित)
२०७८ फागुन ८ गते १८:५२

८ फागुन २०७८ काठमाडौं । सरकारले वादी, दलित र पिछडा वर्गको छुट्टाछुट्टै उत्थान विकास समिति गठन गर्ने भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले पछाडि परेका समुदायको हक, हित, अधिकारसहितको समग्र उत्थानका लागि वादी उत्थान विकास समिति, दलित उत्थान विकास समिति र पिछडा वर्ग उत्थान विकास समिति स्थापनाका लागि मन्त्रिपरिषदमा प्रस्ताव पेश गरिएको बताउनुभयो ।
राष्ट्रिय समावेशी आयोग दिवसको अवसरमा आज काठमाडौंमा भएको कार्यक्रममा उहाँले दलित आयोग भएपनि उनीहरुको समग्र उत्थानका लागि विकास समितिनै उपयुक्त हुने तर्क गर्नुभयो ।
मन्त्री श्रेष्ठले खस–आर्य समुदायले पनि छुट्टै आयोग बनाउनका लागि आफू समक्ष प्रस्ताव गरेको र त्यस विषयमा पनि छलफल भइरहेको बताउनुभयो ।
प्रतिक्रिया