Main News
संसद बैठक आज पनि बस्दै, सम्भावित कार्यसूचीमा परेन एमसीसी
२०७८ फागुन ८ गते ८:०३
८ फागुन २०७८ काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ।
अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता टेबल गर्ने सरकारको तयारीका बीच बैठक दिउँसो १ बजे बस्न लागेको हो। तर संसद् सचिवालयले हिजो सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसी भने उल्लेख छैन।
सत्ता गठबन्धनका दलहरूबीच एमसीसी संसद्मा टेबल गर्ने विषयमा सहमति जुट्न सकेको छैन।
आजको बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७ ०७८ पेश गर्ने मात्र उल्लेख छ।
प्रतिक्रिया