Main News

एमालेले संसदको अवरोध कायमै राख्ने

हिमालय टिभी
२०७८ फागुन ४ गते ९:०१
एमालेले संसदको अवरोध कायमै राख्ने

४ फागुन २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने एमसीसी परियोजनाभन्दा पनि संसदको अवरोधमा जोड दिने रणनीति लिएको छ ।

आफ्ना मागहरु पूरा नभएका कारण संसदको अवरोध कायमै राखिने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि एमाले जाने छैन ।

सरकारमा रहेको एकीकृत समाजवादीमा पनि एमसीसी परियोजना संशोधन नगरी टेबल गर्न नहुने जोड धेरै नेताको छ ।

एमसीसी परियोजना टेबल हुने चर्चासँगै विप्लव नेतृत्वको नेकपा लगायत दलहरुले आज नेपाल बन्द आह्वान गरेका छन् । यद्पि प्रभाव कम पार्न सबै उपाय अपनाउन गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *