Main News

संसदमा एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने कांग्रेस संसदीय दलको निर्णय

हिमालय टिभी
२०७८ फागुन ३ गते १४:०१
संसदमा एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने कांग्रेस संसदीय दलको निर्णय

३ फागुन २०७८ काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसको संसदीय दलले अमेरिकी सहयोग परियोजना (एमसीसी) तत्काल संसदमा टेबल गरेर अनुमोदनको प्रक्रियामा लैजानुपर्ने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलको आज बसेको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारले संसदमा दर्ता गराएको एमसीसीसम्बन्धी प्रस्तावलाई अघि बढाउने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संसदमा एमसीसी टेबल गर्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटालाई सूचित गराइसकेकोबारे पनि जानकारी गराउनुभएको थियो ।

बैठकपछि कांग्रेस सांसद गगन थापाले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका ततकालिन प्रधानमन्त्री ओलीले संसदमा टेबल गरेकै एमसीसी प्रस्ताव सरकारले अघि बढाउँदा तत्कालिन समयमा सोही पार्टीमा रहेका नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पनि प्रस्तावकै पक्षमा उभिने कांग्रेसको विश्वास रहेको बताउनुभयो । भोलि बस्ने संसद बैठकमा एमसीसीसम्बन्धी प्रस्ताव टेबुल गर्ने तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *