Main News
कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, २४०१ संक्रमित थपिँदा ७७७७ संक्रमणमुक्त
२०७८ माघ २६ गते १७:०४

२६ माघ २०७८ काठमाडौं । नेपालमा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २ हजार ४ सय एक जना संक्रमित थपिएका छन् ।
११ हजार ६ सय ३ पिसिआर परीक्षणमा १८ सय ५१ र ४ हजार ७ सय ५३ एन्टिजेन परीक्षणमा ५ सय ५० जनामा संक्रमण पुष्टि भएको हो ।
अघिल्लो साताको तुलनामा यो साता १३ प्रतिशतले संक्रमण घटेको छ । थप १४ जनाको मृत्यु भएसँगै नेपालमा कूल मृतकको संख्या ११ हजार ८ सय ५२ पुगेको छ ।
पछिल्लो पटक ७ हजार ७ सय ७७ जना संक्रमणमुक्त भएका छन् । अहिले देशभर ३० हजार २ सय ४१ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो पटक २ लाख ४६ हजार ७ सय ८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया