Main News

रुपन्देहीमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा तीन जनाको मृत्यु, दुई जना गम्भीर घाइते

हिमालय टिभी
२०७८ माघ २४ गते ८:२०
रुपन्देहीमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा तीन जनाको मृत्यु, दुई जना गम्भीर घाइते

२४ माघ २०७८ बुटवल । रुपन्देहीको बुटवल तामनगरमा सडकमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा कारमा सवार तीन जनाको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका– १२ तामनगर नजिक पूर्वपश्चिम् राजमार्गमा रोकिराखेको लु २ ख ९७७२ नम्बरको ट्रकमा पश्चिमबाट आउँदै गरेको लु ३ च ४४४२ नम्बरको कार ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ का २९ वर्षीय सविन चौधरी, सोही ठाउँका २७ वर्षीय गोविन्द चौधरी र २७ वर्षीय नवीन श्रेष्ठ छन् ।

दुर्घटनामा बुटवल–१३ का भगीरथ चौधरी र वडा नम्बर १२ का अनिष जिसी गम्भीर घाइते भएका छन् ।

उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको लुम्बिनी ट्राफिक प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *