Main News

पश्चिमी न्यून चापीय प्रणालीका कारण आज पनि देशभर वर्षा

हिमालय टिभी
२०७८ माघ २२ गते ८:०२
पश्चिमी न्यून चापीय प्रणालीका कारण आज पनि देशभर वर्षा

२२ माघ २०७८ काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको शक्तिशाली प्रभावका कारण आज पनि देशभर वर्षा हुने भएको छ ।

जल तथा मौमस पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशका विभिन्न भागमा वर्षा हुने र हिमाली भेगमा हिमपात हुनेछ । मौसमविद् प्रतिभा मानन्धरले आज साँझबाट मौसममा क्रमिक सुधार आउने जानकारी दिनुभयो ।

काठमाडौं उपत्यका आपसापका विभिन्न स्थानमा पनि हिमपात भएको छ । हिमपातसँगै चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ।

यस क्रममा प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। देशका पूर्वी तथा मध्य भेगका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

यस्तै आज राति प्रदेश १, मधेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी भेगमा मौसम आंशिक बदली रहनेछ। तराईमा भने मौसम सामान्यतया सफा रहने जानकारी महाशाखाले दिएको छ।

महाशाखाले जारी गरेको विवरणमा काठमाडौँमा शुक्रबार ४१ मिलिमिटर वर्षा भएको छ। हिजो सबैभन्दा बढी नेपालगन्जमा ६४, वीरेन्द्रनगरमा ५२, जुम्लामा ५० मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *