Main News

विभिन्न चेतनामूलक कार्यक्रमसहित आज विश्व क्यान्सर दिवस मनाइँदै

हिमालय टिभी
२०७८ माघ २१ गते ८:२५
विभिन्न चेतनामूलक कार्यक्रमसहित आज विश्व क्यान्सर दिवस मनाइँदै

२१ माघ २०७८ काठमाडौं । विभिन्न चेतनामूलक कार्यक्रम गरी आज विश्व क्यान्सर दिवस मनाइँदैछ ।

क्लोजिङ द ग्याप इन क्यान्सर केयर’ अर्थात् ‘क्यान्सरको उपचारको पहुँचको दूरीलाई बन्द गरौं’ भन्ने मूल नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो ।

समयमै क्यान्सर रोगको उपचार भएमा बिरामी पूर्णरुपमा निको हुने भएकाले आम नागरिकमा यसबारे जनचेतना बढाउन हरेक वर्ष आजकै दिन यो दिवस मनाउने गरिन्छ ।

विश्वको तथ्याङ्क हेर्दा एक वर्षमा झण्डै दुई करोड मानिसलाई क्यान्सर रोग लाग्ने गरेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । नेपालमा बर्सेनि झण्डै ६० हजार क्यान्सरका बिरामी थपिने गरेको अनुमान छ ।

त्यसमध्ये नेपालमा बर्सेनि १५ हजार भन्दा धेरै मानिसको क्यान्सर रोगका कारणले मृत्यु हुने गरेको तथ्यांक छ। ८० दशमलव ९ प्रतिशत क्यान्सरका बिरामी भने अन्तिम अवस्थामा मात्रै उपचारका लागि अस्पताल जाने गरेका छन् ।

प्रारम्भिक चरणमा नै उपचार गरेमा क्यान्सर निको हुन्छ । क्यान्सरका बिरामीको लागि पर्याप्त रेडिएशन थेरापी मेसिनको अभाव छ ।

आवश्यक उपकरणको अभावमा क्यान्सरको उपचारमा समस्या हुने गरेको चिकित्सकले बताएका छन् । चुरोट र सूर्तीजन्य पदार्थ सेवन गरेमा क्यान्सर लाग्ने खतरा धेरै हुने चिकित्सकको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *