४ हजार ९०४ कोरोना संक्रमित थपिए, थप ६ जनाको मृत्यु
१५ माघ २०७८ काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०१ पीसीआर परीक्षणमा ३ हजार ३ सय १८ र ४ हजार ४ सय ६१ एन्टिजेन परीक्षणमा एक हजार ५ सय ८६ जना गरी ४ हजार ९ सय ४ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै काठमाडौंमा १ हजार ४ सय ४ जना छन् भने ललितपुरमा ३ सय ५ जना छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ८७ हजार ३ सय २९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । यो अवधिमा ५ हजार ९ सय २४ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।
यो अवधिमा देशभर २ लाख ७२ हजार ७ सय ४८ जनालाई कोरोनाविरुद्धको खोप दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सहित हालसम्म देशभर पूर्णमात्रा खोप लगाउनेको संख्या १ करोड ४० लाख १५ हजार ३ सय २४ पुगेको छ ।
३ लाख ३३ हजार ८ सय ३५ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन् भने १ करोड ६५ लाख २७ हजार भन्दा बढीले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् ।
प्रतिक्रिया