Main News

यातायात कार्यालयमा विचौलियाको बिगबिगी, सेवाग्राहीकै कारण बढेको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ १४ गते १७:१६
यातायात कार्यालयमा विचौलियाको बिगबिगी, सेवाग्राहीकै कारण बढेको दाबी (भिडियो रिपोर्टसहित)

१४ माघ २०७८ ललितपुर । यातायात व्यवस्था कार्यालय ललितपुरले सेवाग्राहीकै कारण विचौलियाले प्रश्रय पाएको दाबी गरेको छ ।

सेवाग्राहीले सामान्य निवेदन लेख्ने काम पनि विचौलियालाई दिने भएकाले विचौलियाले प्रश्रय पाइरहेको कार्यालयको दाबी छ ।

सेवाग्राहीहरुले विचौलियालाई आफ्नो नातेदारका रुपमा लाइनमा बसाल्ने, कार्यालयमा लैजाने र सहयोग लिने गरेको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयकी निमित्त प्रमुख सुनिता भट्टराईले बताउनु भयो ।

सवारी चालक अनुमति पत्र लाइसेन्स बनाउने काममा विचौलियाको बिगबिगी रहेको गुनासोका आधारमा बिहीबार बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले कार्यालयको अनुगमन गर्नुभएको थियो ।

अनुगमनका क्रममा मन्त्री दाहालले लाइसेन्स वितरणमा विचौलियाको प्रवेश रोक्न निर्देशन समेत दिनुभयो । यातायात व्यवस्था कार्यालय एकान्तकुनाले कोभिड १९ को तेस्रो लहरको संक्रमणको उच्च जोखिम रहेको भन्दै गत आइतबारबाट नवीकरण बाहेकका सेवा बन्द गरेको छ ।

कोभिड १९ को जोखिमका कारण कार्यालयले अहिले साविकमा वितरण गर्दै आएको टोकन संख्या घटाएर दैनिक १०० जनालाई मात्र नवीकरण सेवा दिँदै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *