Main News

चावहिल र मित्रपार्कमा आकाशे पुल निर्माण शुरु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ ९ गते १४:०३
चावहिल र मित्रपार्कमा आकाशे पुल निर्माण शुरु (भिडियो रिपोर्टसहित)

९ माघ २०७८ काठमाडौं । काठमाडौंको चावहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरिएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुल शिलान्यास गर्नुभएको हो ।

पुल शिलान्यास गर्दै मेयर शाक्यले स्थानीयको मागअनुसार पुल शिलान्यास गरिएको र स्थानीयको साथ रहेमा समय अगावै निर्माण कार्य सम्पन्न हुने बताउनु भयो ।

पुल निर्माणको ठेक्का एक करोड ३० लाख ४२ हजारमा सविरा कन्स्ट्रक्शनले पाएको छ ।

दुवै पुल ३३ मिटर लम्बाई र २ मिटर चौडाईको हुनेछ । २०७९ जेठ मसान्तसम्म पुल निर्माण सकिसक्नु पर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *