Main News

दशगजा क्षेत्रमा भारतीय सुरक्षा बलको सुरक्षा पोष्ट स्थापना

हिमालय टिभी
२०७८ माघ ८ गते १५:११
दशगजा क्षेत्रमा भारतीय सुरक्षा बलको सुरक्षा पोष्ट स्थापना

८ माघ २०७८ विराटनगर । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले विराटनगर महानगरपालिकाको सिमावर्ती दशगजा क्षेत्र (नो मेन्स ल्याण्ड) मा सुरक्षा पोस्ट खडा गरेको छ ।

विराटनगर महानगरपालिका वडा नम्बर १६ दरैया र भारत जोगवनीस्थित टिकुलिया वस्तीबीच पर्ने नो मेन्स ल्याण्डमा सुरक्षा पोष्ट खडा गरेको हो ।

एक महिनाअघि स्थापना गरेको सुरक्षा पोष्टमा २४ सै घण्टा एसएसबीको टोली तैनाथ छ । विराटनगर महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष मनोज सुब्बाले दशगजामा सुरक्षा पोस्ट बनाएर भारतीय पक्षले नेपालको गतिविधि नियालिरहेको हुनसक्न बताउनुभयो ।

उहाँले कूटनीतिक रुपमा पोष्ट हटाउन पहल गर्नुपर्ने बताउनुभयो । काठ र कर्कटपाताको प्रयोग गरेर संरचना तयार पारेको एसएसबीले दशगजामा बसेर चेक गर्ने गरेको स्थानीयले बताए ।

दशगजामा एसएसबीले पोस्ट बनाएको विषयमा जानकारी आएपछि हटाउनका लागि पहल भइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *