Main News
अबको दुई सातामा कोरोना संक्रमितको संख्या दैनिक २० हजार पुग्ने
२०७८ माघ ४ गते १४:१६
४ माघ २०७८ काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोना संक्रमितको संख्या दैनिक २० हजार पुग्ने आँकलन गरेको छ ।
संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर कृष्ण पौडेलले बिरामीको लक्षणको आधारमा अबको दुई हप्ताभित्रै संक्रमितको संख्या बढ्ने बताउनुभएको हो ।
पौडेलले अबको दुई हप्ता कठिन अवस्था रहेकाले संक्रमण दर बढ्ने बताउनुभयो । संक्रमण उच्च बिन्दुमा पुग्दा १० हजार संक्रमित लक्षण सहितका हुने र त्यसमध्ये करिब एक हजारलाई आईसीयूको आवश्यकता पर्ने, ३ सय जना गम्भीर बिरामी हुने अनुमान पनि महाशाखाको छ ।
१३ हजार बेडको आवश्यकता अनुमान गरिएको छ । अबको दुई हप्तापछि भने संक्रमण ओरालो लाग्ने मन्त्रालयको अनुमान गरिएको छ।
प्रतिक्रिया