Main News

कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाइँदै, कहाँ कहाँ छन् केन्द्र ?

हिमालय टिभी
२०७८ माघ ३ गते ७:३७
कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाइँदै, कहाँ कहाँ छन् केन्द्र ?

३ माघ २०७८ काठमाडौं । कोरोना भाइरस संक्रमण बढ्दै जाँदा सरकारले बुस्टर डोज खोप लगाउन शुरु गरेको छ ।

हिजो नै लगाउने भनिएको भए पनि काठमाडौंमा आजबाट बुस्टर डोज खोप लगाउन थालिने जनाइएको छ । बुस्टर डोज पहिलो चरणमा अग्रपंक्तिमा खटिनेहरुका लागि उपलब्ध हुने सरकारले जनाएको छ ।

आज काठमाडौंका १७ स्थानमा खोप लगाउन थालिनेछ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार अहिले खोप सञ्चालन भइरहेका काठमाडौं जिल्लाभित्रका १७ खोप केन्द्रबाट बुस्टर डोज लगाउन सकिनेछ ।

जिल्ला खोप व्यवस्थापन एवं समन्वय समितिको बैठकले चालु खोप केन्द्रबाटै आज बुस्टर डोज लगाउन शुरू गर्ने निर्णय गरेको छ ।

काठमाडौंमा टेकु अस्पताल, प्रहरी अस्पताल, आर्मी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, प्रसुती गृह थापाथलीलगायत स्थानमा बुस्टर डोज लगाउन सकिने जनाइएको छ ।

बुस्टर डोज लगाउन यसअघि कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा गरेको हुनुपर्ने छ । जुन खोप लगाइएको थियो बोस्टर पनि सोही खोपको मात्रा लगाउनु पर्ने छ ।

नेपालमा केही दिन यता दैनिक औषत ५ हजार हाराहारीमा संक्रमिति थपिँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *