Main News
राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित
२०७८ माघ २ गते १३:३६

२ माघ २०७८ काठमाडौं । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ।
भोलि दिउँसो ३ बजेका लागि बोलाइएको बैठक आज सूचना टाँसेर अनिश्चितकालका लागि स्थगित गरिएको हो।
संसद सचिवालयद्वारा आज जारी विज्ञप्तिमा विशेष कारणवश बैठक स्थगित भएको जनाइएको छ ।
यसअघि गत पुस २७ गतेका लागि डाकिएको बैठक पनि स्थगित गरेर भोलिका लागि सारिएको थियो।
यस्तै पुस २५ गते आइतबार बस्ने बैठक पनि विशेष कारण देखाउँदै रोकिएको थियो ।
प्रतिक्रिया