Main News

सिंहदरबार प्रवेशका लागि जारी सबै पास खारेज

हिमालय टिभी
२०७८ पुष २९ गते ८:२१
सिंहदरबार प्रवेशका लागि जारी सबै पास खारेज

२९ पुस २०७८ काठमाडौं । कोरोना महामारी बढेपछि गृह मन्त्रालयले सिंहदरबार प्रवेशका लागि जारी गरेका पास खारेज गरेको छ।

पछिल्लो समयमा बढ्दै गएको ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेका स्थायी र अस्थायी पास खारेज गर्ने निर्णय गरेको हो।

‘हालसम्म सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालयबाट जारी भएका सबै स्थायी अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गर्ने निर्णय भएको गृहले जारी गरेको सूचनामा उल्लेख छ ।

अब उप्रान्त नयाँ स्थायी, अस्थायी पास, अस्थायी परिचयपत्र जारी गर्नुपरेमा आवश्यकता हेरी सम्बन्धित निकायको सिफारिसमा गृह मन्त्रालयको पूर्व सहमति लिई सम्बन्धित निकायबाटै जारी हुने पनि प्रष्ट्याइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *