Main News
सभापतिले आफुखुसी गरे चुनावमा हारको सामना गर्न नसकिने नेता कोइरालाको टिप्पणी (भिडियो रिपोर्टसहित)
२०७८ पुष २४ गते १८:१२

२४ पुस २०७८ सुनसरी । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले सभापतिले आफुखुशी गर्न खोजे पार्टीले चुनावमा हारको सामना गर्नसक्ने बताउनुभएको छ ।
सुनसरीको इनरुवामा सञ्चारकर्मीसँगको कुराकानीमा नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा कांग्रेसको साझा नेता बन्न नसकेको टिप्पणी गर्नुभयो ।
उहाँले केन्द्रीय सदस्य मनोनयनमा विधानको व्यवस्थाको गलत प्रयोग गरिएको दाबी पनि गर्नुभयो । नेता कोइरालाले सभापति देउवाले विधि र प्रक्रिया मिच्दै गए स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचनमा कांग्रेसले जित्न नसक्ने बताउनुभयो ।
एक फरक प्रसंगमा नेता कोइरालाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका अस्तव्यस्त रहेको भन्दै अवरुद्ध संसद सञ्चालन गर्न कांग्रेस र एमाले सहमत बन्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया