Main News

संसद अवरोध हटाउन पहल गर्ने पाँच दलीय सत्तारुढ गठबन्धनको निर्णय (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २३ गते १३:२५
संसद अवरोध हटाउन पहल गर्ने पाँच दलीय सत्तारुढ गठबन्धनको निर्णय (भिडियो रिपोर्टसहित)

२३ पुस २०७८ काठमाडौं । सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसदको अवरोध हटाउन पहल गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले संसदको अवरोध हटाउन प्रधानमन्त्रीले नै पहल गर्ने निर्णय गरेको हो । बैठकको निर्णय बारे जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसद अवरुद्ध हुनु कुनैपनि हिसाबले उचित नभएको बताउनुभयो ।

त्यसैगरी समितिको बैठकमा माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनको सम्बन्धमा पनि छलफल गरिएको उहाँले जानकारी दिनुभयो ।

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ मन्त्री कार्कीले राष्ट्रिय सभा निर्वाचनको निम्ति गठबन्धनले समिति बनाएको र समितिले काम अघि बढाउने पनि बताउनुभयो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *