Main News

कोरोनाको बुस्टर डोजः किन पछि हट्यो सरकार आफ्नै निर्णयबाट (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २१ गते २०:५९
कोरोनाको बुस्टर डोजः किन पछि हट्यो सरकार आफ्नै निर्णयबाट (भिडियो रिपोर्टसहित)

२१ पुस २०७८ काठमाडौं । सरकारले मंगलबार अतिरिक्त खोप लगाउन शुरु गर्ने भनेपनि तत्कालका लागि यो निर्णय स्थगित गर्यो । सबै नागरिकलाई खोप दिएपछि मात्र अतिरिक्त खोपको मात्रा लगाउने सरकारले तयारी गरेको छ ।

सरकारी तथ्याङ्क अनुसार एक करोड आठ लाख जनाले पूर्ण मात्रा र एक करोड ४७ लाखले कम्तीमा एक मात्रा कोरोनाविरुद्धको खोप लगाएका छन् । ७२ प्रतिशत जनसङ्ख्यालाई खोप दिने लक्ष्य लिएको सरकारले अहिलेसम्म ३५ प्रतिशतलाई दुवै मात्रा खोप लगाइसकेको छ ।

४० प्रतिशत जनसंख्यालाई खोप दिएपछि सरकारले लक्षित समूहलाई अतिरिक्त मात्रा दिनेछ । रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई अतिरिक्त मात्रा लगाउने तयारी सरकारको छ ।

सरकारले दैनिक ५ लाख मानिसलाई खोप लगाउने लक्ष्य लिएको भएपनि, हाल दैनिक १ देखि दुई लाखले मात्रै खोप पाएका छन् । खोप लगाएको ६ महिनापछि रोग प्रतिरोधात्मक क्षमता घट्दै जाने भएकाले बच्न, अतिरिक्त मात्रा आवश्यक छ ।

स्वास्थ्य मन्त्रालयले मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर भएका बिरामीहरू र अङ्ग प्रत्यारोपण गरेका बिरामीहरू प्राथमिकतामा पर्नेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *