Main News

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, २२० संक्रमित थपिँदा २५३ संक्रमणमुक्त

हिमालय टिभी
२०७८ पुष १४ गते १७:२१
कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, २२० संक्रमित थपिँदा २५३ संक्रमणमुक्त

१४ पुस २०७८ काठमाडौं । नेपालमा २ सय २० जना कोरोना संक्रमित थपिएका छन् भने थप दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४ सय ३३ जनाको पीसीआर र १ हजार १ सय ७५ जनाको एन्टिजेन परीक्षणमा गरि २ सय २० जनामा संक्रमण पुष्टि भएको हो ।

यो कूल परीक्षणको २ दशमलब आठ नौ प्रतिशत हो । थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका १ सय २३ जना छन् । जसमा काठमाडौंका ९२, ललितपुरका १८ र भक्तपुरका १३ जना छन् ।

यस्तै थप २ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संंख्या ११ हजार ५ सय ८८ पुगेको छ । थप २ सय ५३ जना संक्रमणमुक्त भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८ सय ६४ जना रहेको छ । जसमध्ये ७७ जना आईसीयू र २१ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *