Main News
पर्यटन बोर्डका सीईओलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
२०७८ पुष १४ गते १७:१७
१४ पुस २०७८ काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीलाई निलम्बन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले रेग्मीको निलम्बन तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । रेग्मीलाई त्रिभूवन विमानस्थलमा मदिरा ल्याउँदा भन्सारका कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोप लगाउँदै सरकारले निलम्बन गरेको थियो ।
निलम्बन अघि बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा गठित छानविन समितिले दोषी मानेको थियो ।
निलम्बन गैरकानूनी भएको भन्दै रेग्मी अदालत गएका थिए । रेग्मीको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले दुवै पक्षलाई माघ ३ गते छलफलका लागि बोलाएको छ ।
प्रतिक्रिया