यस्तो छ माओवादी महाधिवेशनको सुरक्षा व्यवस्था

११ पुस २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आज काठमाडौँमा सुरु हुँदैछ ।
प्रज्ञा भवनमा पुष १३ सम्म चल्ने सम्मेलनको सुरक्षा व्यवस्था महानगरीय प्रहरी परिसर काठमाडौँले गर्ने भएको छ । यसका लागि एसपी दिनेशराज मैनालीको कमाण्डमा टोली सम्मेलन स्थलमा खटिने भएको छ ।
मैनालीबाहेक सम्मेलन स्थलमा ३ जना डीएसपी खटिनेछन् । सम्मेलन सुरक्षाको रिजर्भ टिममा थप ३ जना डीएसपीसहितको फौज तयार राखिएको छ ।
प्रहरी परिसर काठमाडौँले सम्मेलन स्थलमा ३५० भन्दा बढी प्रहरी परिचालन हुनेछन् । महानगरीय प्रहरी वृत कमलपोखरीका डीएसपी मीनबहादुर कुँवर, दरबारमार्गमा डीएसपी विश्वराज खड्का र परिसरका अप्रेसन कमाण्डर (डीएसपी) सुधीर राज शाहीको नेतृत्वमा टोली परिचालन हुनेछ ।
माओवादीको सम्मेलनमा १६ सय ३१ प्रतिनिधि सहभागी हुँदैछन् । बन्द सत्र प्रज्ञा भवन र कोटेश्वर स्थित पेरिसडाँडामा हुँदैछ ।
प्रतिक्रिया