Main News

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, २६० संक्रमित थपिँदा ३४९ संक्रमणमुक्त

हिमालय टिभी
२०७८ पुष ९ गते १५:१०
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, २६० संक्रमित थपिँदा ३४९ संक्रमणमुक्त

९ पुस २०७८ काठमाडौं । नेपालमा २ सय ६० जना कोरोना संक्रमित थपिएका छन् भने थप एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६० जनाको पीसीआर परीक्षणमा २ सय ३७ र ३ हजार ८ सय ३८ जनाको एन्टिजेन परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

यो कूल परीक्षणको २ दशमलब एक आठ प्रतिशत हो । थपिएका संक्रमितमा काठमाडौं उपत्यकका १ सय ५१ जना छन् । जसमा काठमाडौंका १ सय ६, ललितपुरका ३५ र भक्तपुरका १० जना छन् ।

यस्तै थप १ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संंख्या ११ हजार ५ सय ८२ पुगेको छ । थप ३ सय ४९ जना संक्रमणमुक्त भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४८ जना रहेको छ । जसमध्ये ७७ जना आईसीयू र २१ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । पछिल्लो पटक थप ३ लाख २९ हजार ३ सय ७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *