Main News

ललिता निवास जग्गा प्रकरणका आरोपी रामकुमार सुवेदी पत्नीसहित पक्राउ

हिमालय टिभी
२०७८ पुष ७ गते १४:१५
ललिता निवास जग्गा प्रकरणका आरोपी रामकुमार सुवेदी पत्नीसहित पक्राउ

७ पुस २०७८ काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा नक्कली सरकारी कागजात बनाएको अभियोग लागेका रामकुमार सुवेदी र उनकी पत्नी माधवी पक्राउ परेका छन् ।

नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले सुवेदी दम्पतिलाई पक्राउ गरेको हो । सुवेदीविरुद्ध विशेष अदालतमा दुई वर्षअघि नै मुद्दा दायर गरिएको थियो । दुई वर्षदेखि फरार रहेका सुवेदीलाई सीआइबीले आज पक्राउ गरेको हो ।

उनीहरुलाई हिरासतमा राख्न सरकारी वकिलको कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतसँग अनुमति मागिएको छ । उनीहरुलाई नक्कली कागजात बनाएको भन्दै अनुसन्धान थालिनेछ ।

मालपोत कार्यालयमा लेखन्दास रहेका सुवेदीले शोभाकान्त ढकालसँगको मिलेमतोमा सरकारी स्वामित्वको जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप छ ।

ढकाल भने विशेष अदालतको आदेशमा थुनामा छन् । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधव नेपाल, बाबुराम भट्टराई, पूर्वमन्त्री विजय गच्छदार समेत मुछिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *