Main News

माओवादी केन्द्रको बागमती प्रदेश नेतृत्व चयन

हिमालय टिभी
२०७८ पुष ६ गते ७:५५
माओवादी केन्द्रको बागमती प्रदेश नेतृत्व चयन

६ पुस २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री विजयी हुनु भएको छ ।

दीनानाथ गौतमलाई पराजित गर्दै सहयात्री अध्यक्षमा निर्वाचित हुनु भएको हो । २६१ भोट खसेकोमा सहयात्रीले १६२ मत ल्याउँदा गौतमको पक्षमा ८६ मत परेको थियो ।

राति अबेर सम्पन्न मतदानको आज बिहान ३ बजेको समयमा नतिजा सार्वजनिक भएको हो । तल्लो तहदेखि सर्वसम्मतिबाट नेतृत्व चयन गर्दै प्रदेश सम्मेलनसम्म आइपुगेको माओवादीले बागमती अध्यक्ष पदमा भने सहमति जुटाउन नसकेपछि हिजो निर्वाचन भएको थियो ।

प्रदेश समिति सदस्यले पदाधिकारी चुन्न मतदान गरेका थिए । त्यस्तै उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी निर्वाचित हुनु भएको छ ।

त्यस्तै सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ निर्वाचित हुनु भएको छ । सहसचिवमा भने दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ विजयी हुनु भएको छ।

कोषाध्यक्षमा संगिता भट्टराई निर्वाचित हुनु भएको छ । कुनै पनि तहको नेतृत्व चयनका लागि माओवादीले निर्वाचन गरेको यो पहिलो पटक हो ।

गत मंसिर २५ र २६ गते काठमाडौंमा भएको बागमती प्रदेश सम्मेलनले २७५ सदस्यीय प्रदेश कमिटी चयन गरे पनि अध्यक्षसहितका पदाधिकारीमा सहमति हुन सकेको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *