Main News

एमालेको अवरोधका कारण राष्ट्रियसभा बैठक स्थगित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष ५ गते १४:०२
एमालेको अवरोधका कारण राष्ट्रियसभा बैठक स्थगित (भिडियो रिपोर्टसहित)

५ पुस २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण राष्ट्रियसभाको आजको बैठक पनि कार्यसूचीमा प्रवेशै नगरी स्थगित भएको छ ।

बैठक शुरु हुनासाथ एमालेका सांसदहरुले आफ्ना माग सम्बोधन गर्न भन्दै उठेर अवरुद्ध पारेपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक स्थगित गर्नुभयो ।

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले बैठक चल्न दिन पटक पटक आग्रह गर्दा पनि एमालेले अस्वीकार गरेको हो । उहाँले महत्वपूर्ण विधेयकहरु अगाडि बढाउन, देशको विकासको बारेमा आफ्ना विचारहरु राख्न पनि एमालेले सदन चल्न दिन एमालेको ध्यानाकर्षण गर्नुभयो ।

एमाले सांसद देवेन्द्र दाहालले भने आफ्ना पार्टीले कारबाही गरेका सांसदहरुलाई संसदमै राखेर आफूहरुले सदन चल्न दिन नसक्ने अडान राख्नुभयो ।

एमालेका सांसदहरुले बैठक अवरुद्ध गरिरहेपछि राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७६–०७७ र २०७७–०७८ का वार्षिक प्रतिवेदनहरु पेश गर्ने आजको कार्यसूचि हटाईएको थियो । अर्को बैठकको सूचना टाँस गर्ने गरी आजको बैठक स्थगित भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *