Main News

नेतृत्वमा पुस्तान्तरणले कांग्रेस कार्यकर्तामा उत्साह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष ३ गते २०:१४
नेतृत्वमा पुस्तान्तरणले कांग्रेस कार्यकर्तामा उत्साह (भिडियो रिपोर्टसहित)

३ पुस २०७८ काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको खुला केन्द्रीय सदस्यतर्फको मत गणना जारी छ । तर, कांग्रेसको सार्वजनिक मत परिणामले कांग्रेसभित्र र बाहिर नयाँ तरंग सिर्जना गरेको छ । महाधिवेशन प्रतिनिधिले पदाधिकारीमा गरेको छनौटको प्रशंशासमेत भएको छ ।

सभापतिमा शेरबहादुर देउवालाई नै निरन्तरता दिने गरी परिणाम आएपनि कांग्रेसभित्र र बाहिर अहिले महामन्त्रीको विषयले चर्चा पाएको छ । ५० वर्षका विश्वप्रकाश शर्मा र ४५ वर्षका गगन थापा महामन्त्री बनेपछि यसलाई कांग्रेसमा आएको ठुलै रुपान्तरणको संकेतको रुपमा हेरिएको छ ।

शर्मा र थापा नेपाली राजनीतिमा समकालिनहरुमा कांग्रेस पंक्ति बाहिरबाट पनि आशाको नजरले हेरिएका नेता हुनुहुन्छ। कांग्रेसभित्र शर्मा र थापाको कांग्रेसभित्र जवर्जस्त उदयले अरु पार्टीभित्रका नयाँ पुस्तालाई पनि हौस्याएको छ ।

पार्टी रुपान्तरणको मूल नारा दिएका शर्मा र थापालाई कांग्रेस कार्यकर्ताले विश्वास गरेको देखिन्छ । निर्वाचित भएपछि पार्टी रुपान्तरणकै पक्षमा काम गर्ने उहाँहरुको प्रतिवद्धता आएको छ ।

कपितपय भने बल्ल गगन र विश्वप्रकाशको वास्तविक परिक्षा शुरु भएको ठान्छन् । महामन्त्रीमा गगन र विश्वसँगै कांग्रेसभित्र पाखा पारिएको ठानिने नेता धनराज गुरुङ पनि उपसभापति निर्वाचित हुनुभयो ।

कांग्रेसमा पहिलो पटक उपसभापति निर्वाचनबाट छानिएको हो । उपसभापति र महामन्त्री मात्र होइन सहमहामन्त्रीमा पनि समावेशी अनुहार देखिएको छ। मधेसी, मुस्लिम, महिला, थारु, आदिवासी, जनजाती, दलित र पिछडीएको क्षेत्रबाट सहमहामन्त्री निर्वाचित भइसकेका छन् ।

समावेशीताको एजेण्डा आफुहरुले ल्याएको दाबा गर्ने कम्युनिष्ट पार्टीभित्रअझै पदाधिकारी तहमा समावेशीताको चित्र देखिँदैन । तर, कांग्रेसको उपसभापतिमा आदिवासी जनजाती समुदायबाट गुरुङ निर्वाचित हुँदा कांग्रेस पदाधिकारीमा ६४ वर्षपछि दलित पुगेका छन् । दलिततर्फबाट जीवन परियार मानबहादुर विश्वकर्मालाई पराजित गर्दै सहमहामन्त्री बन्नुभयो ।

वीपी कोइराला नेतृत्वमा २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना हुँदा १० सदस्यमध्ये देवब्रत परियार एक हुनुहुन्थ्यो । २००५ सालमा सुवर्णशमशेर नेतृत्वको नेपाली प्रजातान्त्रिक कांग्रेसका १२ संस्थापकमध्ये आरबी गहतराज पनि हुनुहुन्थ्यो । तर, कांग्रेसमा पहिलो पटक पदाधिकारी बन्ने नेता भने धनमान सिंह परियार मानिनुहुन्छ। कांग्रेसको पाँचौँ महाधिवेशनबाट परियार महामन्त्री बनेका थिए ।

समावेशी क्लस्ष्टरकै कारण पछाडी पारिएका समुदायकोतर्फबाट पनि कांग्रेस पदाधिकारी बन्ने सुनिश्चितता हुनुलाई पनि सकारात्मक रुपमा हेरिएको छ । खुला केन्द्रीय सदस्यतर्फको जारी मतगणनामा पनि केही नयाँ अनुहारहरु अगाडि देखिएका छन् ।

महाधिवेशनको संकेत कांग्रेसका लागि सुखद् देखिएपनि कांग्रेसले आगामी दिनमा आफुलाई कसरी बढाउँछ, त्यसले मात्रै कांग्रेसको भविष्य कुन बाटोमा जान्छ निर्धारण गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *