Main News

आज देशको उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना

हिमालय टिभी
२०७८ पुष ३ गते ९:०९
आज देशको उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना

३ पुस २०७८ काठमाडौं । आज देशको उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

विशेषगरी कर्णाली, गण्डकी, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

उहाँका अनुसार पश्चिमी वायुको प्रभावले आज कर्णाली, गण्डकी, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । तैपानी भने कतै पनि नपर्ने उहाँको भनाइ छ।

देशका विभिन्न ठाउँमा आंशिकदेखि सामान्य बदली गराएको प्रणाली आज बेलुकीदेखि कमजोर हुने देखिएकाले भोलि देशभरी कै मौसम सफा रहने पनि मौसमविद् मानन्धरको अनुमान छ ।

काठमाडौंको आज बिहानको तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिजो काठमाडौंको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको थियो । यसअघि अस्ति बिहीवार यसवर्षको हिउँद लागेयता कै कम ३ डिग्री सेल्सियसमा झरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *