सभामुखलाई एमालेको दुई विकल्पः कि सच्चिऊ, कि राजीनामा देउ
२ पुस २०७८ काठमाडौं । नेकपा एमालेले संसदको गतिरोध हटाउनका लागि राजीनामा दिन सभामुख अग्नीप्रसाद सापकोटालाई सुझाव दिएको छ ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित पत्रकार सम्मेलनमा एमाले महासचिव शंकर पोखरेलले सभामुखसमक्ष गल्ती सच्याउने वा राजीनामा दिने भन्ने २ वटा मात्र विकल्प रहेको बताउनुभयो । संसदको अवरोध नहटेसम्म कुनै पनि विजनेस प्रवेश गर्न नदिने उहाँको भनाइ छ ।
संसद सचिवालयलाई जानकारी गराए पनि आफ्नो पार्टीले कारवाही गरेका सांसदलाई सभामुखले कारवाही नगरेको भन्दै एमालेले संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।
फरक प्रसङ्गमा महासचिव पोखरेलले नेता भीम रावलले पार्टीमा जिम्मेवारी लिन तत्परता नदेखाएको बताउनुभयो ।
नेता रावलले तत्परता देखाउने बित्तिकै पार्टीले आवश्यक छलफल गरेर रावललाई जिम्मेवारी दिने उहाँको भनाइ छ ।
प्रतिक्रिया