Main News

एमसीसीसहितका विषयमा साझा धारणा बनाउन सर्वदलीय बैठक बोलाउने तयारी

हिमालय टिभी
२०७८ पुष २ गते १४:०३
एमसीसीसहितका विषयमा साझा धारणा बनाउन सर्वदलीय बैठक बोलाउने तयारी

२ पुस २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज (एमसीसी) सहित संसदको गतिरोधबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने हुने भएको छ ।

आज बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा सर्वदलीय बैठक बोलाउने सहमति भएको हो ।

दुई नेताबीचको भेटमा संसदमा देखिएको गतिरोध अन्त्य गर्दै एमसीसी पेश गर्नेबारेमा छलफल भएको थियो । साझा सहमति जुटाउँदै संसदमा एमसीसी सम्बन्धी प्रस्ताव पेश गर्ने सत्तारुढ दलको तयारी छ ।

तीनदिन अघि एमसीसी मुख्यालयले नेपाललाई थप समय दिने निर्णय गरेको थियो । यस्तै एमालेले अवरोध गर्दै आएको संसद बैठक सञ्चालनका लागि सहमति खोज्न पनि दुई नेताहरु तयार बनेका छन् ।

भेटमा अध्यक्ष प्रचण्डले भर्खरै निर्वाचित देउवासहित कांग्रेस पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *