Main News

प्रतिनिधि सभाको बैठकमा ६ वटा अध्यादेश पेश

हिमालय टिभी
२०७८ मंसिर २८ गते १८:३९
प्रतिनिधि सभाको बैठकमा ६ वटा अध्यादेश पेश

२८ मंसिर २०७८ काठमाडौं । प्रतिनिधि सभाको बैठकमा ६ वटा अध्यादेश पेस गरिएको छ ।

बैठकमा सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश पेस गर्नुभएको हो ।

त्यस्तै रेल्वे अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पनि संसदमा पेश भएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीकै बीच अध्यादेश पेस गरिएको हो । माओवादी केन्द्रका सांसद कृष्णबहादुर महराले संसदमा जारी अवरोध अन्त्य गर्नका लागि सर्वदलीय बैठक गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

एमाले सांसद शेरबहादुर तामाङले प्रतिपक्षको कुरै नसुनेर जबरजस्ती अध्यादेश प्रेस गर्ने र पारित गर्ने कार्यले संसदको गरिमा मेटाउने काम भएको आरोप लगानुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक पुस ६ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *