Main News

कोभ्याक्स सुविधामार्फत् थप १९ हजार ६५ हजारभन्दा बढी मात्रा खोप आज नेपाल आउँदै

हिमालय टिभी
२०७८ मंसिर २६ गते ९:५४
कोभ्याक्स सुविधामार्फत् थप १९ हजार ६५ हजारभन्दा बढी मात्रा खोप आज नेपाल आउँदै

२६ मंसिर २०७८ काठमाडौं । सरकारले कोभ्याक्स सुविधामार्फत्थप १९ लाख ६५ हजार ६ सय मात्रा मोडर्ना खोप आज नेपाल ल्याउन लागेको छ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले आज थप खोप नेपाल आउन लागेको बताउनुभयो । सरकारले लिएको लक्ष्य पूरा गर्न पछिल्लो समय १२ वर्ष माथिका र १८ वर्ष मुनिका बालबालिकाका लागि खोप ल्याउने क्रमलाई तीव्रता दिएको छ ।

यसअघि, शुक्रवार र बिहीवार गरी ३६ हजार ५१ हजार ६ सय मात्रा मोडर्ना खोप सरकारले नेपाल ल्याइसकेको छ। सरकारले उक्त खोप १२ देखि १८ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई पुस ४ गतेदेखि लगाउने तयारी गरिसकेको छ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहाल अनुसार देशका ५७जिल्लाका विद्यालयबाट खोप अभियान सञ्चालन गर्न लागेको छ ।

यस्तै हिमाली जिल्लाका लागि १ सयभन्दा बढी विद्यार्थी भएको विद्यालय र अन्य बाँकी जिल्लामा २ सयभन्दा बढी विद्यार्थी भएको विद्यालयमा खोप केन्द्र तोक्ने मापदण्ड तय गरिएको प्रमुख दाहालले जानकारी दिनुभयो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *