Main News

राष्ट्रपति भण्डारी आज जुम्ला जाँदै

हिमालय टिभी
२०७८ मंसिर २६ गते ८:२५
राष्ट्रपति भण्डारी आज जुम्ला जाँदै

२६ मंसिर २०७८ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबिबीएसलगायतका शैक्षिक कार्यक्रमको शुभारम्भ गर्न आज जुम्ला जानु हुने भएको छ।

जुम्लामा राष्ट्रपतिले रु ७६ करोडमा बन्न लागेको क्वार्टर र एकेडेमिक भवनको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ । प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतका अनुुसार राष्ट्रपति भण्डारी ठिक ११ बजे जुम्ला पुग्ने कार्यक्रम रहेको छ । हेलिकोप्टरमा जान लाग्नुभएकी भण्डारी नेपाली सेनाको नन्दाबक्स गणमा अवतरण गर्नुहुनेछ ।

उहाँले क्वार्टर र एकेडेमिक भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको रजिष्ट्रार महतले बताउनुभयो । प्रतिष्ठानमा एमबिबीएसमा १९, बिपीएचमा आठ, बिएनएसमा १६, बिफार्मामा आठ र बिएमएसमा ११ विद्यार्थी भर्ना भएका छन् । छात्रवृत्तिका विद्यार्थी मात्र भर्ना भएको प्रतिष्ठानले जनाएको छ ।

पिछडिएको क्षेत्रमा सहजरूपमा स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको पहुँच पु¥याउन र स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन अनुसन्धानको व्यवस्था गरी आवश्यक जनशक्ति उत्पादन गर्ने प्रतिष्ठानको प्रमुख लक्ष्य रहेको छ ।

अहिले स्नातकोत्तर तहको एमडीएमएस कार्यक्रमलगायतका शैक्षिक कार्यक्रम सञ्चालन भइरहेका छन् । एमबिबीएस, बिएनएस, बिफार्मालगायतका सङ्कायहरु सञ्चालनमा आउनु कर्णाली प्रदेशको मात्र नभई सम्पूर्ण राष्ट्रको गौरव रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *