राजनीति

कांग्रेस महाधिवेशन : आकांक्षीद्वारा चुनाव प्रचार तीब्र (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २४ गते २०:४८
कांग्रेस महाधिवेशन : आकांक्षीद्वारा चुनाव प्रचार तीब्र (भिडियो रिपोर्टसहित)

२४ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुरु भएको छ । महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्व चयन गर्ने छ । विभिन्न पदका आकांक्षीहरुले चुनावी प्रचारलाई तीब्र बनाएका छन् । जसका कारण प्रदर्शनीमार्ग, बागबजार लगायतका क्षेत्र उम्मेदवारका प्रचार सामग्रीले छप्पकै भएका छन ।

विभिन्न कालखण्डमा परिवर्तनको नेतृत्व गरेको नेपाली कांग्रेसले आफैंलाई भने फेर्न सकेको छैन । १४ औं महाधिवेशनस्थल भृकुटीमण्डप, बागबजार, पुतलीसडक लगायतका क्षेत्रको दृष्य हेर्दा यस्तै लाग्छ। ‘अमूल्य मत दिएर मलाई जिताउनु’ लेखिएको ब्यानर यत्र–तत्र झुन्ड्याइएको छ। यति मात्रै नभइ बाजागाजासहित उम्मेदवारहरुले प्रचार अभियान नै थालिसकेका छन् ।

उम्मेदवारबीच प्रचार सामग्री झुन्ड्याउने होडबाजी नै चलेको छ। समय बदलिए पनि नेताहरुले आफ्नो प्रचारको शैलीलाई बदल्न सकेका छैनन् । उम्मेदवारहरुलाई प्रचारको यो शैली नै स्वभाविक नै लागेको छ।

तर महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरुलाई यो शैली ठिक लागेको छैन् ।

सूचना प्रविधिले निकै ठूलो फड्को मारिसकेको छ । अनलाइन प्रविधि, म्यासेज, सामाजिक सञ्जालबाट प्रचार गर्ने विकल्प छ। अरूले जे गर्‍यो मैले पनि गर्नुपर्छ भन्ने होडबाजीमा नेताहरू शक्ति प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्