राजनीति

केपी ओली, प्रचण्ड र माधव नेपाल एउटै मञ्चमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २४ गते २०:४३
केपी ओली, प्रचण्ड र माधव नेपाल एउटै मञ्चमा (भिडियो रिपोर्टसहित)

२४ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा नेपाली राजनीतिक दलका शीर्ष नेताहरुको उपस्थित भए । मञ्चमा उपस्थित भएकामध्ये धेरैको ध्यान एमाले, माओवादी र एकीकृत समाजवादीका अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालमा केन्द्रित थियो । एउटै मञ्चमा उपस्थित भएका यी तीन अध्यक्ष भने अपरिचित जस्तै भएर बसे ।

प्रतिनिधिसभा विघटनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रचण्ड र माधव नेपालसँगको सम्बन्ध राम्रो छैन । बोलचालदेखि पानी बाराबारको अवस्था अहिलेसम्म जारी छ।

एमालेको महाधिवेशनमा त माधव नेपाललाई निम्तोसमेत गरिएन भने प्रचण्ड निम्तो आएर पनि जानु भएन । तर का‌ग्रेसको १४ औं महाधिवेशन उद्घाटनसत्रमा भने ओली, प्रचण्ड र माधव एउटै मञ्च शेयर गरेका छन् । ओली प्रचण्डसँग एक वर्षपछि र माधव नेपालसँग पाँच महिनापछि एकै स्थानमा देखिका हुन्।

सर्वोच्चको आदेशले नेकपालाई एमाले र माओवादी बनाएर छुट्टाईदिएसँगै प्रचण्ड र माधव नेपालसँग ओलीको तिक्तता कायमै छ ।

कांग्रेको महाधिवेशनस्थलमा प्रचण्ड र माधव नेपाल आएको केही समयपछि ओली आउनुभएको थियो । ओलीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवातर्फ केन्द्रित भएर नमस्कार गरे पनि संगै बसेका प्रचण्ड र माधवलाई त्यति चासो दिएनन् ।

मञ्चमा बसेका प्रचण्ड र नेपालले पनि ओलीको आगमनप्रति चासो देखाएनन् ।

मञ्चमा प्रचण्ड र माधव नेपाल कांग्रेस सभापति देउवाको दायाँतर्फ र ओली बायाँतर्फ बसेका थिए । करिब ४ घण्टासँगै बसेका तीन कम्युनिष्ट नेताहरुमध्ये प्रचण्ड र नेपालको कुराकानी भए पनि ओलीसँग कुरा भएन । महाधिवेशनमा शुभकामना दिँदा नेपालले अहंकारको प्रसंग निकाल्नुभयो ।

नेपालपछि बोलेका माओवादी अध्यक्ष प्रचण्डले ओलीप्रति संकेत गर्दै एक्लै हिड्दा समस्या आएको बताउनुभयो । बाइट।।।

प्रचण्डले शुभकामना दिएर मञ्चमा फर्किएपछि भने ओलीसँग क्रस टक भयो । उहाँहरुबीच के कुरा भयो भन्ने नसुनेपनि दर्शकहरुले भने निकै चासो दिएर नियाले ।

ओलीले पनि सरकारमा रहेका नेपाल र प्रचण्डलाई व्यङय गर्न बिर्सनु भएन ।

लामो समय एउटै पार्टीमा रहेको नेताहरुलाई कांग्रेस महाधिवेशनले जुराएको मञ्च शेयरमा एकअर्काप्रति कति व्य‌ङ्ग्य र आलोचनाका शब्द खर्चेलान् भन्ने आशंकाविपरीत सबै नेताको अभिव्यक्तिमा शालिनता देखियो । तर सम्बन्धमा सुधार भने देखिएन । सबै नेतााहरुले सबै परिवर्तनमा सहकार्य गरेको स्मरण गरे पनि व्यक्तिगत तिक्तता भने प्रष्टसँग देखियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्