Main News

पौडेल पक्षको उम्मेदवारको टुंगो भोलि लाग्ने दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २१ गते १९:३१
पौडेल पक्षको उम्मेदवारको टुंगो भोलि लाग्ने दाबी (भिडियो रिपोर्टसहित)

२१ मंसिर २०७८ काठमाडौं । सभापति पदमा साझा उमेदवार तय गर्न बसेको नेपाली कांग्रेसको संस्थापन इतर समूहले भोलिसम्म सहमतिमा पुग्ने दावी गरेको छ ।

संस्थापन इतर समूहका शीर्ष नेताबीच नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा सहमति जुटाउने प्रयास भएको थियो ।

नेताहरूले अडान नछाडेपछि भोलि अन्तिम पटक प्रयास गर्ने इतर समूहको तयारी छ । तर, साझा उमेदवार बनाउन सभापतिका आकांक्षीहरू सहमत भएको दाबी गरिएको छ ।

हिजो पनि पौडेल पक्षका नेताहरुको बैठक बसेको थियो । वरिष्ठ नेता पौडेलसहित, नेताहरु प्रकाशमान सिंह र शेखर कोइरालाबीच सभापतिमा समझदारी हुन सकिरहेको छैन ।

तीन जना नेताको सहमतिमा आज संस्थापन इतर समूहका नेताको केन्द्रीय समिति बैठक बसेको हो । महाधिवेशनमा सभापति पदका लागि वर्तमान सभापति शेरबहादुर देउवाले पुनः उम्मेदवारी दिने बताइसक्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *