Main News

चिसोयाममा दमका रोगीले के गर्ने ? के नगर्ने ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २१ गते १६:१७
चिसोयाममा दमका रोगीले के गर्ने ? के नगर्ने ? (भिडियो रिपोर्टसहित)

२१ मंसिर २०७८ काठमाडौं । चिसो बढेसँगै बालबालिका र वृद्धवृद्धामा स्वास्थ्य समस्या देखिने जोखिम हुन्छ । विशेषगरी दमका बिरामीहरु बढी प्रभावित हुन्छन् । चिसोमा दमका बिरामीले के गर्ने ?

विश्व स्वास्थ्य संगठनका अनुसार संसारमा २३ करोड मानिसमा दम रोग छ। दम रोगका कारण बर्सेनी हजारौंले अकालमै ज्यान गुमाउनुपर्ने स्थिति छ।

विश्वमा दमका कारण हुने जम्मा मृत्युमा ८० प्रतिशत नेपाल जस्ता अति कम र विकासोन्मुख देशमा हुने गरेको तथ्याङ्क छ। दमका रोगीहरु चिसोबाट जोगिनुका साथै धुवाँधुलोबाट जोगिने र धुमपान पनि नगर्न चिकित्सकको सुझाव छ ।

चिसोयाममा दम मुटुको समस्या, निमोनिया लगायतका बिरामीहरुलाई समस्या हुने गर्छ । जुनसुकै समस्याका व्यक्तिले पनि चिसोयाममा विशेष ध्यान दिनुपर्नेमा चिकित्सकको सुझाव छ ।

दम श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग हो। जसले बालबालिकादेखि वृद्धवृद्धासम्मलाई असर गर्न सक्छ। दम रोग लागिसकेकाहरूले समयमै यसको निदान र उपचार गरेमा फोक्सोमा हुने दीर्घ प्रभावलाई न्यूनीकरण गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *