Main News

प्रधानन्यायाधीशको राजीनामा माग्दै आज पनि बारको प्रदर्शन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २१ गते १६:०९
प्रधानन्यायाधीशको राजीनामा माग्दै आज पनि बारको प्रदर्शन (भिडियो रिपोर्टसहित)

२१ मंसिर २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले आज पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेको छ ।

नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशनसहितका कानून व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बिरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशले राजीनामा नदिइकन कानमा तेल हालेर बस्दा समस्या भएको बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले आजै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रधानन्यायाधीशको राजीनामा बारे छलफल गर्ने बताउनुभयो ।

नेपाल बार एशोसिएशनसहित देशभरका कानून व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कात्तिक १४ गतेदेखि सर्वोच्च अदालत परिसरमा धर्ना दिइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *