Main News
कांग्रेस सभापति दाबेदार प्रकाशमान सिंहको सम्पर्क कार्यालय सञ्चालनमा
२०७८ मंसिर २१ गते ७:५२

२१ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार प्रकाशमान सिंहले आजदेखि सम्पर्क कार्यालय सञ्चालनमा ल्याउँदै हुनुहुन्छ ।
महाधिवेशन आउन तीन दिन बाँकी रहँदा नेतृत्वमा चुनाव लड्न प्रकाशमानले सिंहदरबारको मुल गेट अगाडिको एक पार्टी प्यालेसमा सम्पर्क कार्यालय खोल्नुभएको हो ।
कार्यालयबाट नेता सिंहले आज बिहान ८ बजेदेखि कार्यकर्तासँग भेटघाट सुरु गर्ने तयउारी गर्नुभएको छ । प्रकाशमानको सचिवालयले भेटघाटमा लागि आउने नेता कार्यकर्तालाई सम्पर्क कार्यालयमा आउन अपिल गरेको छ।
प्रतिक्रिया