Main News

नेपालमा पनि कोरोनाको नयाँ रुप ओमिक्रोन संक्रमण पुष्टि (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २० गते १३:३३
नेपालमा पनि कोरोनाको नयाँ रुप ओमिक्रोन संक्रमण पुष्टि (भिडियो रिपोर्टसहित)

२० मंसिर २०७८ काठमाडौं । नेपालमा पनि ओमिक्रोन भेरियन्टबाट सङ्क्रमित दुई व्यक्ति भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले नेपालमा पनि कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएको जानकारी गराउनुभएको हो ।

ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एकजना ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन सङ्क्रमण भेटिएको मन्त्रालयको भनाइ छ ।

उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो।दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरियन्ट अहिलेसम्म छिमेकी देश भारतसहित ४० भन्दा बढी देशहरूमा फैलिइसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *