Main News
कांग्रेस प्रदेश समिति चयनका लागि आज मतदान
२०७८ मंसिर १८ गते ७:२५
१८ मंसिर २०७८ काठमाडौं । पहिलो पटक बन्न लागेको नेपाली कांग्रेसको प्रदेश समितिका लागि आज मतदान हुँदैछ ।
हिजोदेखि निर्वाचन कार्यक्रम सुरु भएकोमा आज मतदान हुन लागेको हो । प्रदेश २ बाहेकका ६ प्रदेशमा हिजो उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।
प्रदेश अधिवेशनमा कांग्रेसको संस्थापन र इतर पक्ष प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।
केन्द्रीय महाधिवेनअघि हुन गइरहेको प्रदेश अधिवेशनलाई कांग्रेसमा दुवै पक्षले प्रतिष्ठाको विषय बनाएका छन् । प्रदेशको नेतृत्व आफ्नो पक्षमा पार्न दुबै पक्षका नेताहरु प्रदेश झरेका छन् ।
निर्वाचन समितिका अनुसार आज मतदान हुनेछ । प्रदेश दुईका केही जिल्लामा प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सम्पन्न नहुँदा कार्यतालिका अनुसार प्रदेश अधिवेशन हुन नसेकेको हो ।
प्रतिक्रिया