Main News
एमाले अध्यक्ष ओली किन छिटो निर्वाचन चाहन्छन् ? (भिडियो रिपोर्टसहित)
२०७८ मंसिर १७ गते १८:०७

१७ मंसिर २०७८ काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिटोभन्दा छिटो देश निर्वाचनमा जानुपर्ने बताउनु भएको छ ।
काठमाडौंको थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा दोस्रो कार्यकालका लागि पदभार ग्रहण गर्दै अध्यक्ष ओलीले सञ्चारकर्मीसँग वर्तमान सरकारबाट मुलुक चल्न नसक्ने भन्दै छिटो निर्वाचनमा गएर नयाँ सरकार गठन गर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष ओलीले आगामी मंसीर २८ गतेका लागि आह्वान गरिएको संसद बैठक पनि चल्न नदिने अडान दोहोर्याउनु भयो ।
उहाँले आफ्नो पार्टीले निश्कासन गरेका माधवकुमार नेपालसहितका सांसदहरु बैठकमा आउने भएकाले आफूहरुले संसद बैठक चल्न नदिने बताउनुभयो ।
राष्ट्रपति विद्या भण्डारीले सरकारको सिफारिसमा यही मंसीर २८ गते संघीय संसद बैठक आह्वान गर्नु भएको छ ।
प्रतिक्रिया