२४६ कोरोना संक्रमित थपिँदा ३४७ संक्रमणमुक्त, मृत्यु शून्य
१७ मंसिर २०७८ काठमाडौं । नेपालमा दुई सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४ सय जनाको पीसीआर परीक्षणमा २ सय २३ र १ हजार ४ सय ३६ जनाको एन्टीजेन परीक्षणमा २३ जनामा संक्रमण देखिएको हो । यो कूल परीक्षणको ३ दशमलब एक तीन प्रतिशत हो ।
थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका ९३ जना छन् । जसमा काठमाडौंका ५५ जना, ललितपुरका २९ र भक्तपुरका ९ जना छन् ।
उपत्यकाबाहिर सबैभन्दा धेरै मोरङमा १७ जनामा संक्रमण देखिएको छ । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ३५ रहेको छ । थप ३ सय ४७ जना संक्रमणमुक्त भएका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९ सय २१ पुगेको छ । जसमध्ये १ सय ७ जनाको आइसीयू र ३४ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।
पछिल्लो पटक देशभर १ लाख ७५ हजार ५ सय ७५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया